डेन्टल क्लिनिक सञ्चालन गर्न दन्त चिकित्सकको प्रमाणपत्र भाडामा ?

काठमाडौँ, २२ माघ । कानूनत डेन्टल क्लिनिक सञ्चालन गर्न दन्त चिकित्सकको प्रमाणपत्र चाहिन्छ तर राजधानीमा खुलेका अधिकांश डेन्टल क्लिनिकहरु चिकित्सकको प्रमाणपत्र भाडामा लिएर सञ्चालन गरिएको खुलासा भएको छ । आइतबार शिक्षामन्त्री धनिराम पौडेल सहभागी कार्यक्रममा दन्त सहायकहरुको प्रतिनिधित्व गर्ने एक नेताले सो खुलासा गरेका हुन् ।

नेपाल डेन्टल साइन्स एसोशिएसन तथा नेपाल डेन्टल हाइजेनिष्ट एसोशिएसनबाट गठित संर्घष समिति संयोजक माईकल देवकोटाले सो खुलासा गरेका हुन् । सरकारले गत महिना मापदण्ड विपरित खोलिएको भन्दै राजधानीका दर्जनौँ डेन्टल क्लिनिकमा शिल गरेको थियो ।

नेपाल डेन्टल साइन्स एसोशिएस तथा नेपाल डेन्टल हाईजेनिष्ट एसोशिएसनले सयुक्त भेलामा बोल्दै संयोजक देवकोटाले दन्त सहायकले क्लिनिक खोल्न पाउनुपर्ने माग गरे । ‘राज्यले चिकित्सकले मात्रै क्लिनिक खोल्नुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा धेरै साथीहरुले चिकित्सकको प्रमाणपत्र भाडामा लिएर चलाउनुपर्ने बाध्यता छ । प्रमाणपत्रकै लागि मासिक १५ २० हजार तिर्नुपर्ने बाध्यता छ,’ देवकोटाले भने, ‘त्यसैले अव दन्त सहायकलाई पनि क्लिनिक खोल्न छुट दिनुपर्ने व्यवस्था गर्नुपर्छ ।’

देवकोटाले राजधानी बाहिरका दुरदराजमा चिकित्सकले जस्तै सकेको काम गर्न छुट दिनुपर्ने बताए । उनको भनाई थियो, ‘सिएमए पढेकाले १५ दिनको तालिमले दाँतको उपचार गर्न पाउने तर हामीले तीन बर्ष पढेर पनि दाँतको उपचार गर्न नपाउँने ?’

देवकोटाको भनाईपछि बोल्ने पालो आएका नेपाल डेन्टल एसोसिएनका महासचिव डा मनोज हुमागाँईले दन्त सहायक भनेको डाक्टरको कामलाई सहयोग गर्ने भएको भन्दै डाक्टरकै काम गर्न पाउनुपर्छ भन्ने माग जायज नभएको बताए । उनले दुर्गममा डाक्टर जाँदैनन भन्दैमा त्यो काम हामीले गर्न पाउनुपर्छ भन्ने दन्त सहायकहरुको माग समेत वाईघात रहेको ठोकुवा गरे ।

कार्यक्रमका प्रमुख अतिथि बनेका शिक्षामन्त्री धनिराम पौडेलले दन्त सहायकको मागका बारेमा सरकार गम्भीर रहेको भन्दै छलफल गरेरै टुग्याउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *