क्यान्सरबाट बार्षिक रुपमा बीस हजारको ज्यान जान्छ

काठमाडौँ, २२ माघ । नेपालमा बार्षिक रुपमा क्यान्सरका विरामी कति थपिन्छन भन्ने एकिन तथ्यांक छैन यद्धपी सरोकारवाला निकायले बार्षिक ३० देखि ४० हजार नयाँ क्यान्सर रोगी थपिने गरेको आंकलन गरेका छन् । उनीहरुले सोही रोगबाट बार्षिक रुपमा १५ देखि २० हजारको ज्यान जाने गरेको दावी गरेका छन् ।

नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले नेपालमा बार्षिक ४० हजारको हाराहारीमा नयाँ क्यान्सर रोग देखिने गरेको बताए । उनले क्यान्सरकै कारण बार्षिक १५ हजार बढीले ज्यान गुमाउने गरेको दावी गरे ।

नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले नेपालमा बार्षिक ४० हजारको हाराहारीमा नयाँ क्यान्सर रोग देखिने गरेको बताए । उनले क्यान्सरकै कारण बार्षिक १५ हजार बढीले ज्यान गुमाउने गरेको दावी गरे ।

यता क्यान्सर रिलिफ सोसाईटीको तथ्यांकमा बार्षिक रुपमा ३० हजार नयाँ विरामी थपिने र २० हजार बढीको ज्यान जाने गरेको देखिन्छ ।
तथ्यांक जे होस तर क्यान्सर रोगका विरामी दिनानुदिन बढी रहेको छ ।

अस्वस्थकर खानपान, निस्क्रीय जीवनशैली, धूमपान तथा मध्यपानको सेवन तथा बंषाणुगत कारण यो रोगको जोखिम बढ्दोक्रममा छ । त्यसमाथी यी समयमै रोग पत्ता नलाग्ने र पत्ता लागेको बखतमा तेस्रो वा चौथो स्टेजमा पुगिसकेको हुने हुनाले धेरैको ज्यान जाने गरेको चिकित्सकहरुको दावी छ ।

डा श्रेष्ठका अनुसार पुरुषमा फोक्सोको क्यान्सर, नाक कान घाँटी आमाशयको क्यान्सर मुख्य रुपमा देखिने गरेको बताए । महिलाहरुमा भने पाठेघरको मुखको क्यान्सर पहिलो र स्तन क्यान्सर दोस्रो समस्याको रुपमा देखिने गरेको बताए ।

यता नेसनल क्यान्सर अस्पतालका अध्यक्ष तथा बरिष्ठ क्यान्सररोग विशेषज्ञ डा मदनकुमार पियाले क्यान्सरको उपचार हुने सबै अस्पतालमा मुख तथा घाँटीको क्यान्सर अश्वभाविक रुपमा बढ्दै गएको बताए । उनले समयमै रोग पत्ता लागेर उपचार गर्न सके पूर्ण रुपमा निको हुने बताए ।

डा पियाले धेरैजसो व्यक्ति क्यान्सरको तेस्रो वा चौथो स्टेजमा पुगेपछि मात्रै उपचारका लागि आउने गरेको भन्दै यसले रोग निको हुन गाह्रो हुने गरेको बताए ।

अर्का बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बरालले अश्वस्थकर खानपान, निस्क्रीय जीवनशैली धूपमपान तथा सुर्तिजन्य पदार्थको प्रयोग तथा मध्यपानको अति प्रयोग क्यान्सर रोग निम्त्याउने कारक तत्व भन्दै यसमा सर्तक रहनुपर्ने बताए । उनले नियमित परीक्षण गर्न समेत सल्लाह दिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल संसारमा ३ करोड २५ लाख क्यान्सरका बिरामी रहेको र प्रत्येक वर्ष डेढ करोड नयाँ बिरामी थपिन्छने र प्रत्येक बर्ष संसारमा ८० लाख मानिसले क्यान्सरकै कारण ज्यान गुमाउने गरेको तथ्याङक छ।

क्यान्सर रोगविरुद्ध सचेतना जगाउन हरेक वर्ष फेब्रुअरी ४ मा ‘विश्व क्यान्सर दिवस’ मनाउँदै आइएको छ । शनिबार नेपालमा पनि ‘म सक्छु, हामी सक्छौँ’ भन्ने मूल नाराका साथ विश्व क्यान्सर दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउन लागिएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्था, नेपाल क्यान्सर अस्पताल लगायतका विभिन्न सङ्घसंस्थाले विश्व क्यान्सर दिवस क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ मनाउन लागेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *