रुपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित


बुटवल, २२ माघ । रुपन्देही जिल्ला २२औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले शुक्रबार जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दै घोषणालाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताए ।

उनले भैरहवामा रहेको जिल्ला अस्पताललाई स्तर वृद्धि गरी १०० श्ययाको बनाउने कार्यलाई तत्काल कार्यान्यवन गरिने वचन दिँदै अस्पताललाई चाहिने उपकरण समेत तत्कालन उपलब्ध गराइने घोषणा गरे ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले खोप अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै यस वर्ष खोपका चार प्रकार थप गरिन लागेको जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चुडामणी भण्डारीले पूर्ण खोप कार्यक्रमलाई प्रभावकारी रुपमा टिकाउन आवश्यक कामलाई निरन्तरता दिने बताए ।

विसं २०७० मा रुपन्देहीमा पहिलो पटक तत्कालीन शङ्करनगर गाविस पूर्ण खोपयुक्त घोषणा भएको थियो । त्यसको तीन वर्षपछि रुपन्देही पूर्ण खोप जिल्ला भएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *