मणिहर्ष डायग्नोस्टिकमा ५१२ स्लाइसको सिटिस्क्यान मेसिन

काठमाडौँ, २० माघ । मणिहर्ष डायग्नोस्टिक सेन्टरले नेपालमै पहिलो पटक अल्ट्रा लो डोजको ५१२ स्लाईस सिटिस्क्यान मेसिन सञ्चालन ल्याएको छ । कान्तिपथस्थित ग्राण्डी सिटी अस्पताल परिषरमा सो मेसिन राखिएको छ ।

करीब ९ करोड लागत मुल्य पर्ने मेसिन रोटरी फाउन्डेशनको सहयोगमा मणिहर्ष डायग्नोष्टिक सेन्टरले सञ्चालन गर्न लागेको हो ।
अन्य सिटिस्क्यान मेसिन भन्दा झण्डै सय गुना छिटो स्क्यान गर्ने उच्च गुणस्तरको यो मेसिन जिई हेल्थकेयरको नविनतम उत्पादन भएको बताइएको छ ।

मणिहर्ष डायग्नोस्टिक सेन्टरको अनुसार यस स्क्यानरले सिटि इमेजिङको प्रणाली नै परिवर्तन गरि कम रेडियसनबाट इमेजको गुणस्तर र डायग्नोसिसमा नयाँ आयम खडा गर्ने छ ।

कुनै पनि शरीरको चिकित्सकीय उपचारको लागि उपयोगी हुनेछ । यस नवीनतम प्रविधिले सुक्ष्म रुपमा मुटु र रक्तनलीलाई सबैभन्दा प्रष्टसंग देखाउँछ र विरामीमा हुन सक्ने मुटुरोगको उत्कृष्ठताको साथ डायग्नोसिस गर्न सक्छ ।

सिटिस्क्यान मेसिनको सुभारम्भ गर्दै स्वास्थ्य मन्त्री गगन थापाले नेपालको पोलियो उन्मुलन लगायतका स्वास्थ्य सेवामा रोटरीले अत्यन्त ठूलो सहयोग पुरयाएको भन्दै त्यसैको निरन्तरता स्वरुप अत्याधुनिक मेसिन आएको बताए ।

उनले स्वास्थ्य प्रविधिमा निजी क्षेत्रले नेतृत्व गरेको र सरकारी क्षेत्रले अनुसरण गरेको बताए । उनले नयाँ मेसिनबाट सर्बसाधारणले सहज रुपमा सेवा पाउने व्यवस्था मिलाउनुपर्ने र त्यसका लागि स्वास्थ्यमन्त्रालय हातेमालो गर्न चाहेको बताए ।

ग्राण्डीसिटि अस्पतालका प्रमुख डा रुप ज्योतिले रोटरीक्लवको सहयोगमा सेन्टरले विश्वकै उच्चस्तरीय मसिन सञ्चालनमा ल्याएको भन्दै यसको सेवा सबैले सहज रुपमा पाउने बताए ।

कार्यक्रममा रोटरीमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *