मिर्गौला र क्षयरोगबाट पिडीत चार बर्षीय बालकको उपचारमा समस्या

सुखिलाल चौधरी, उदयपुर, १८ माघ । मिर्गौला र क्षयरोग रोगबाट पीडित चार बर्षीय बालक किसन विकको उपचार गर्न समस्या परेको छ । गतवर्ष क्षयरोग लागि बाबुको मृत्यु भएपछि थप आर्थिक अभावमा झेलिएको विक परिवारलाई छोरा किसनको उपचार गर्न समस्या परेको हो ।

त्रियुगा नगरपालिका–३ बुद्ध चोकका बस्ने विक परिबारले ज्याला मजदुरी गरि गुजारा गर्ने गरेको थियो । तर गतवर्ष श्रीमानको मृत्यु भएपछि मजदुरी गर्न समेत समस्या परेको किसनकी आमा लिला विकले बताइन् ।उनले आर्थिक अवस्थाकै कारण काठमाडौँ पुरयाएर रोग पत्ता लागेपनि उपचार गर्न नसकी फर्काएको सुनाइन ।

लिला अहिले चार बर्षीय छोराको उपचार गर्न सदरमुकाम गाईघाटमा रहेका सरकारी तथा गैर सरकारी निकायको ढोकामा पुगेर गुहार मागि रहेकी छन् । जिल्ला बाल हेल्प लाईनको कार्यालयमा निवेदन दिदँै लिलाले भनिन्, ‘दैव पनि म माथि मात्र खनियो, गएको वर्ष श्रीमान बित्नु भयो, अहिले छोरालाई मृगौला रोग लाग्यो, उपचार गर्ने पैसा छैन, सहयोग पाईन्छ भनेर निवेदन दिएकी हुँ ।’

किसनको गत भदौ महिनामा आँखा र खुट्टा सुन्निएको थियो । उपचारका लागि जिल्ला अस्पताल गाईघाट पुरयाउँदा चिकित्सकले मुटुरोग हुनसक्ने भन्दै काठमाडौँस्थित गंगालाल हृदयकेन्द्र रिफर गरेक थिए । तर गंगालालका चिकित्सकले बच्चामा मुटुमा समस्या नभएको भन्दै कान्ति अस्पताल पठाएका थिए ।

लिला भन्छिन्, अव कान्तिमा उपचार गर्न आफूसंग पैसा नै थिएन । त्यसैले छोरालाई घर लिएर आएँ । घर ल्याएपछि थप समस्या देखिएपछि पुन गत माघको पहिलो साता नोवेल अस्पताल विराटनगर पुरयाए पछि मात्रै रोगको निदान भएको बताइन ।

‘छोराको उपचारको लागि ऋण पान गरेर माघ ३ गते नोवेल अस्पताल बिराटनगरमा चेक जाँच गराउँदा छोराको मिर्गौलामा पानी जमेको र टिबी रोग समेत लागेको पत्ता लाग्यो ’ लिलाले भनिन्– ‘छोराको उपचार गरेको कागज पत्र देखउँदै भनिन् ।’  उनले टिबी रोगको औषधि लिएर आएपनि आर्थिक अभावले छोराको मृर्गौलाको उपचार नगरी घर ल्याएको बताईन् ।

‘किसनको मृर्गौला बिग्रिएर किडनीमा पानी जमेको शल्यक्रिया गर्न महंगो पर्ने भनेपछि उपचार नगरिकन छोरालाई घर ल्याएको हुँ, लिलाले भनिन्– छोराको अवस्था जटिल बन्दै गएको छ । डाक्टरले जतिसक्दो चाँडो अपरेशनको लागि लैजानु भन्नु भएको छ,’ आमा लिला भावुक हुँदै भनिन्, ‘हामी जस्ता गरिबले कहाँबाट यति धेरै रकम पाउने र उपचार गर्ने ?’ घरमा रोजगारी गर्ने कोही नभएपछि अहिले माइतीको शरणमा पुगेको छु लिलाले बताईन् ।

त्रियुगा नगरपालिका– ३ बुद्धचोकमा रहेको ५ धुर ऐलानी जग्मा बनेको सानो झुपडीमा ससाना दुई छोरा लिएर बस्दै आएको उनले बताईन । जेठो छोरा ११ वर्षको किशोर विक रहेको बताए । घरको अन्य सदस्य नभएकाले पनि आफुलाई समस्या परेको उनले बताईन ।  गएको वर्ष क्षयरोगको उपचार गर्न नसकेर श्रीमान होमबहादुर बिकको मृत्यु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *