७ प्रतिशत स्वास्थ्य संस्थामा ज्वरो नाप्ने थर्ममिटर समेत छैन !

 

काठमाडौँ, १७ माघ । सरकारले देशभरका स्वास्थ्यसंस्थालाई साधन स्रोत सम्पन्न बनाई जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कटिवद्ध रहेको बताउदै आएको छ तर देशका करीब ७ प्रतिशत स्वास्थ्य संस्थामा ज्वरो नाप्ने सामान्य थर्ममिटर समेत छैन ।

सुन्दा पनि अनौठो लाग्ने यस्तो तथ्य सरकारले पहिलो पटक विस्तृत रुपमा गरेको भनेको स्वास्थ्य संस्था सर्भेक्षण २०१५ले देखाएको हो । दुई बर्ष अघि गरिएको सर्भेक्षणको नतिजा सार्वजनिक गर्ने क्रममा स्वास्थ्य सेवा विभागका उपनिर्देशक मुक्तिराम खनालले देशका कतिपय स्वास्थ्य संस्थामा अनिवार्य र सबैभन्दा साधारण मानिने उपकरण थर्ममिटर समेत नभएको बताए ।

सरकारी तथा निजी गरी ९६३ वटा स्वास्थ्य संस्थालाई आधार बनाई गरिएको सर्भेक्षणको प्रतिवेदनमा थर्ममिटर भएका स्वास्थ्य संस्था ९३ प्रतिशत मात्रै रहेको देखिएको थियो । त्यस्तै ६ प्रतिशत स्वास्थ्य संस्थामा उच्च रक्तचाप नाप्ने मेसिन नभएको देखाएको छ ।

त्यस्तै बच्चा तौल गर्ने मसिन ६१ प्रतिशत स्वास्थ्य संस्थामा छैनन् । जबकी सरकारी मापदण्डमा बच्चा जन्मेदेखि २ बर्षसम्म हरेक महिनाका दरले २४ पटक बच्चाको तौल लिनुपर्ने व्यवस्था छ ।

अनौठो रिपोर्ट आएपछि स्वासथ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले प्रतिवेदन दुई बर्ष अघिको अध्ययन भएको र प्रतिवेदनमा आएका सबै कुरा बास्तविकता नभएको दावी गरे । उनले यद्धपी स्वास्थ्यमा धेरैकुरामा सुधारको खाँचो रहेको बताए ।

मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंहले प्रतिवेदनले हाम्रा योजनाहरुमा थप गम्भीर भएर सोच्नुपर्ने बाध्य पारेको बताए । उनले अनुसन्धानले सबै कुराहरु यथार्त रुपमा ल्यायो कि ल्याएन भन्ने अर्को प्रश्न रहेको भन्दै आइसकेको प्रतिवेदनले सरोकारवालाई झक्झक्याएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *