‘स्वयंसेवी रक्तदाताबाट उपलब्ध रगत नि:शुल्क पाउनुपर्छ’

बुटवल ११ माघ । स्वयंसेवी रक्तदाताहरुबाट उपलब्ध अमुल्य रगतलाई निशुल्क रुपमा सेवाग्राहीले पाउने व्यवस्था गर्नुपर्ने रक्तदाताहरुले माग गरेका छन। रगत आवश्यक परेका सेवाग्राहीबाट सेवाशुल्कको नाममा रकम लिने कामलाई बन्द गरि यसको भार सरकारले लिनुपर्ने भन्दै उनीहरूले सुझाव समेत दिएका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज,रुपन्देही शाखाको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनमा बोल्ने बक्ताहरुले सेवा भावनाका साथ रक्तसञ्चारको काममा अग्रसर रहेको नेपाल रेडक्रसले सेवाशुल्कको नाममा चर्को मूल्य लिएर सेवाग्राहीबाट रकम असुल्ने काम बन्द गर्नुपर्ने बताए।

कार्यक्रम को उद्घाटन गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले स्वयंसेवी रक्तदाता बढेपनि यसको व्यवस्थापनको जिम्मेवार पक्षको कमजोरीका धेरै सेवाग्राही मर्कामा परेको दाबी गरे। उनले रक्तदाताहरुले सद्भावकासाथ दान गरेको रगतलाई यो वा त्यो नाममा पैसा असुल्ने कामभएको भन्दै यस्तो गतिविधीमा तत्काल रोक लगाउन माग गरे ।
सरकारले ल्याएको रक्तसञ्चार नीतिलाई आफुहरुले आलोचनात्मक समर्थन गरेको भन्दै उनले जोकोहिले पनि काम गर्नेगरि निजी संस्थालाई व्यवस्थापन गर्ने जिम्मेवारी स्वागतयोग्य भएपनि नीजि संस्थाहरुले निशुल्क रगत वितरण गर्नेमा शंका गरे।


कार्यक्रममा रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रक्तदान गर्न उत्प्रेरणा जगाउनुको साथै सेवाग्राहीलाई रगत उपलब्ध गराउने काममा समाजले दिनरात काम गरेको बताए।

स्वयंसेवीबाट प्राप्त हुने अमुल्य रगतलाई सेवाशुल्कको नाममा सेवाग्राहीबाट रेडक्रसले रकम लिने काम अब बन्द गर्नुपर्ने भन्दै उनले रगतको अतिरिक्त शुल्क लिने कामगलत भएको बताए।

जिल्लामा आवश्यक परेको बेला रक्तदान गर्ने आजीवन सदस्यहरु २सय ५० जना तथा अन्य रक्तदाताहरुको सहयोगमा ४ बर्षको अवधिमा ३हजार युनिट रगत संकलन गर्न सफल भएको तथा भुकम्पपिडित बिरामीहरुको उपचारमा समेत रुपन्देहीले एकै दिनमा ३सय१५ युनिट रगत संकलन गरेर पठाउने काम गरेको बताए।

कार्यक्रममा सिद्दार्थ बाल तथा महिला अस्पताल आम्दाका बालरोग बिषेशज्ञ डा।सन्तोष पोख्रेल,नवलपरासी शाखा अध्यक्ष धर्मराज लुईटेल,चितवनशाखा अध्यक्ष धुर्ब थपलिया लगायतले रगत व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताए।

कार्यक्रममा बर्षभरिमा नियमित रक्तदान गरेर संस्थालाई सहयोग गर्ने व्यक्ति,पत्रकार तथा विभिन्न संघसंस्थालाई प्रमुख अतिथि कर्माचार्य र जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सम्मानपत्र बाट सम्मानित गरेका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *