नि:शुल्क औषधि नवलपरासीमा आईसक्यो, औषधिका सूची सबै स्वास्थ्य चौकीमा

नवलपरासी २ माघ । नि:शुल्क औषधि खरीद गर्न कतिपय जिल्लाले टेन्डर प्रक्रिया सुरु गर्न भ्याउँदा नभ्याउँदै जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले औषधि समेत खरीद गरिसकेको छ । औषधि खरीदका लागि केन्द्रबाट पठाएको ४५ लाख बजेटबाट औषधि खरीद भएको हो ।

जिल्ला जनस्वास्थ्यका निमित्त प्रमुख भेषराज शर्माले औषधि गत साता आईसकेको भन्दै अब स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा वितरण गर्ने तयारी भएको बताए । उनले नयाँ औषधि आएसंगै केही दिन भित्र ७० प्रकारका औषधि समेत कार्यान्वयनमा आउने दावी गरे ।

‘अहिले त कतिपय औषधिहरु नभएको अवस्था थियो, अब नयाँ औषधि आएपछि सबै औषधि पूर्ण भएको छ ।’उनले केन्द्रको निर्देशन अनुसार स्वास्थ्य चौकीमा ३५, प्राथमिक स्वास्थ्यकेन्द्रमा ५८ र जिल्ला अस्पतालमा ७० प्रकारका औषधिका नाम सूची फ्लेक्स बनाई टाँगिएको बताए ।

जिल्लाको मनरी स्वास्थ्य चौकीका सीअहेव ओम नारायण देवकोटाले ३५ प्रकारका औषधि हुनुपर्नेमा अहिले ३० प्रकारको रहेको बताए । उनले जिल्लाबाट नभएका औषधिहरु जिल्लाबाट आउन लागेको खबर आफूले पाएको जानकारी दिए । ‘हामीले निशुल्क औषधिको सूची फ्लेक्स बनाई टाँगेका छौँ अहेव देवकोटाले भने, फ्लेक्समा भएका केही औषधि अहिले हामीसंग छैन् ।’

उता तिलकपुर स्वास्थ्य चौकीका इन्चार्ज सीअहेव बाबुराम तिमल्सेनाले पनि निशुल्क ३५ प्रकारका मध्ये झण्डै २० प्रतिशत औषधि नभएको बताए । उनले भने, ६/ ७ आईटम औषधि अहिले पनि छैन्, हामी माग गरेका छौँ अब आउछ भन्नु भएको छ । उनले भने । तिलकपुरमा पनि निशुल्क औषधिको सूची टाँगिएको छ ।

सरकारले ७० प्रकारको औषधि निशुल्क दिने निर्णय गरेपनि अघिल्ला बर्षमा समयमै औषधि खरीद हुन नसक्दा धेरैवटा जिल्लामा निशुल्क औषधि पुग्न सकेको थिएन । यसपटक स्वास्थ्य मन्त्री गगन थापाले निशुल्क औषधि वितरणलाई प्राथमिकतामा राख्दै निरन्तर निगरानी गर्न थालेपछि केही जिल्लाले सुरुवात गर्न थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *