कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी

पोखरा, १ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन् ।

बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित समापन समारोहमा उनले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको नेतृत्वमा अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

निर्वाचन क्षेत्रमा स्वास्थ्यचौकी निर्माण, खानेपानी, सडकलगायत भौतिक निर्माण जस्तै खोपसँगै पोषण कार्यक्रमलाई पनि तल्लो तहसम्म पु¥याउनका लागि जनप्रतिनिधिसँग सहकार्य गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको जोड थियो ।
गोष्ठीले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउँदै स्थानीय तहसम्म पहुँचमा पु¥याउँदै दिगो विकासका लक्ष्य हासिल गर्न दशबुँदे पोखरा प्रतिबद्धतासमेत जारी गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *