कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी

12
Shares

पोखरा, १ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन् ।

बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित समापन समारोहमा उनले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको नेतृत्वमा अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

निर्वाचन क्षेत्रमा स्वास्थ्यचौकी निर्माण, खानेपानी, सडकलगायत भौतिक निर्माण जस्तै खोपसँगै पोषण कार्यक्रमलाई पनि तल्लो तहसम्म पु¥याउनका लागि जनप्रतिनिधिसँग सहकार्य गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको जोड थियो ।
गोष्ठीले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउँदै स्थानीय तहसम्म पहुँचमा पु¥याउँदै दिगो विकासका लक्ष्य हासिल गर्न दशबुँदे पोखरा प्रतिबद्धतासमेत जारी गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *