सेना प्रहरीको जस्तै छुट्टै श्रमिक अस्पताल बनाउने सरकारको तयारी
काठमाडौँ, २४ पुस । सरकारले श्रमिक बर्गको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै श्रमिक अस्पताल बनाउने भएको छ । नेपालमा १० लाख बढी श्रमिक संगठित रुपमा रहेको तथ्यांक राज्यसंग छ ।
संगठित नभएकालाई समेत आधार मान्दा कुल जनसंख्याको ४० प्रतिशत श्रमिक बर्ग रहेकाले त्यो बर्गको स्वास्थ्य उपचार गर्न श्रमिक अस्पताल बनाउन लागेको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले बताए ।
मन्त्री गुरुङले श्रमिक अस्पताल निर्माण गर्न प्रक्रिया अघि बढीसकेको जानकारी दिए । ‘नेपालमा श्रमिकको संख्या ठूलो छ, गुरुङले भने ‘उनीहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर हामीले श्रमिक अस्पताल बनाउने तयारी गरेका हौँ।’ उनले सबैप्रक्रिया केही समयमै पुरा हुने बताए ।
‘सहज, सरल सहुलियत र सर्वसुलभ रुपमा उपचारको व्यवस्था गर्न सरकारले श्रमिक अस्पताल बनाउन लागेको हो,’ मन्त्री गुरुङले भने ।
आजको नयाँ पत्रिकामा समाचार छ
सम्पर्क इमेल : [email protected]