स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीन : मन्त्री थापा
हेटौँडा, १२ पुस – स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य र शिक्षामा राज्यले गरेको लगानी उपयोगविहीन भएको बताएका छन् ।
नेपाली काँग्रेस मकवानपुरले ४ नं क्षेत्रमा आयोजना गरेको आमसभालाई आज मनहरिमा सम्बोधन गर्दै उनले सरकारले शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी लगानी गरेपनि उपलब्धि शून्य भएको बताएका हुन् । लगानीलाई उपयोगमा ल्याउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।
मन्त्री थापाले पुस महिनाभित्रमा स्वास्थ्यमा बीमाको व्यवस्था गर्नका लागि संसद्मा पेस गर्ने तयारी भएको जानकारी दिए । सबै नेपाली नागरिकको स्वास्थ्यमा बीमा गर्ने गरी काम गरिरहेको र संसद्मा पेस गरेर यसलाई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा मन्त्रालय लागेको उनले बताए ।
सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको हित र विकासका काममा सबैको सहयोग आवश्यक रहेको बताए । उनले विकासको काम गरेर नै आम जनताको मन जित्न सकिने उल्लेख गरे। रासस
सम्पर्क इमेल : [email protected]
ए बाबा अरूले नबुभफे पनि यस्ता जवान नेताहरूले त बुभफ्नु परछ नी अहिले भाषण हाेइन काम गनेे नेता खाेजेका छन जनताले भनेर खाली मिडियामुखी हुन खाेज्ने बानी रहेछ ।