श्रीमानको कुटाईबाट श्रीमती आईसीयूमा, ४ महिनाको दुधे बालकको बिचल्ली

सुखिलाल चौधरी/ उदयपुुर १० पुस – उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमती अचेत अवस्थामा छिन् । ९ दिन अघि भलायडाँडा गाविस–३ विजनबारीका श्रीमान जीवन मोतेको कुटपीटबाट २३ वर्षीय श्रीमती सरिता मोते घाइते भएकी हुन् ।

श्रीमानको कुटाईबाट श्रीमतीको टाउकोमा गम्भिर चोट लागेको थियो । घाइते श्रीमतीको अहिले विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको छ ।

गत पुस १ गते विहान सामान्य विवादमा छोरा जीवनले बुहारीको टाउकोमा दाउराको चिर्पटले हानेको जीवनका बुबा होमबहादुर मोतेले बताए ।दैनिक गाँजा खाने छोराले बुहारी हिर्काएर घाईते बनाउँदा उपचारका लागि बास वस्ने घर समेत बेच्नु परेको होमबहादुरले बताए ।
‘एक कठ्ठा जग्गामा भएको घर ३ लाखमा बेचेर बुहारीको उपचार गरिरहेका छु,’ बुबा होमले भने, ‘भए भरको सबै सक्दा पनि बुहारीको होस आएको छैन, डाक्टरले अझै पैसा लाग्छ भनेको छ ।’ दैनिक मजदुरी गर्ने परिवारमा लागुऔषध गाँजा सेवन गर्ने छोराले सखाप परेको बुबा होमबारले बताए ।

५ वर्ष अगाडी विवाह भएकी सरिताको ३ वटा सन्तान छन् । ४ महिनाको दुधे बालकलाई छोडेर बुहारीको हेरचाहा गर्नु परेको जीवनकी आमा हस्तमायले बताईन् । ४ वर्षे दुधे बालकको बाबु कुलतमा फसेको र आमा पनि बाबुको कुटाइबाट घाइते भएपछि अहिले बालबच्चाको बिचल्ली भएको छ ।

‘उपचारमा कसैले सहयोग गरेर बुहारी बचाउनु पाए नातिनातिना हुर्कने थिए ।,’ आमा हस्तामायाले भनिन,‘छोरालाई पक्राउ गर्न प्रहरीलाई उजुरी दिदाँ पक्राउ गरेको छैन् ।’ बुहारी हिर्काएर गाँउबाट भागेको छोरो जीवन अहिले बेपत्ता भएको आमा हस्तमायाले बताइन् ।
सरिताको उपचारमा पैसा अभाव भएको महिला पुर्न स्थापना केन्द्र (ओरेक) की मनोबिर्मशकर्ता सरस्वती पौडेलले बताइन् ।  ‘९ दिनदेखि हस्पिटलमा आईसियूमा राखेर उपचार भईरहेको छ ।’ पौडेलले भनिन, ‘आर्थिक अवस्था दयनीय भएकाले घर जग्गा सबै बेच्दा पनि उपचार पैसा अभाव भएको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *