नि:शुल्क स्वास्थ्य शिविरमा पाँच सय जनाको मुटु परीक्षण

100
Shares

पर्वत, ११ पुस । जिल्ला सदरमुकाम कुश्माबजारमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा ५०० भन्दा बढी अभिभावक र विद्यार्थीको मुटु परीक्षण गरिएको छ ।

कुश्मास्थित आदर्श माविमा विशेषज्ञ डाक्टरसहितको मुटुरोग शिविर सम्पन्न भएको हो । सो अवसरमा ५१५ जनाको मुटु परीक्षण गरिएको हो ।

निःशुल्क मुटु शिविरमा १५० जनाको मधुमेह परीक्षण, १४० जनाको इसीजी, ११५ जनाको इको गरिएको थियो । मुटुरोग सम्वन्धी विशेष परीक्षण १०० जनाभन्दा बढीको भएको चिकित्सकले बताएका छन् ।

धेरै जना बिरामी मधुमेह, उच्च रक्तचाप भएका भेटिएको मुटुरोग विशेषज्ञ प्राडा श्यामराज रेग्मीले बताए ।

भिगा फर्मास्युटिकल्स अनामनगर काठमाडौँद्वारा बिरामीलाई करिब रु दुई लाख बराबरको औषधिसमेत निशुल्क वितरण गरिएको थियो । शिविरमा मुटुको औषधि खाइरहेका, उच्च रक्तचाप भएकालगायत मुटुरोगसँंग सम्बन्धित बिरामीको उपचार भएको विद्यालयका प्रधानाध्यापक हिमबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

सो अवसरमा डाक्टर सुवी रेग्मीले व्यक्तिगत रुपमा गुप्तेश्वर संस्कृत पाठशालाका विद्यार्थीलाई शैक्षिक सामग्री, आदर्श माविका विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गरिन । विद्यालयले पूर्व विद्यार्थी सञ्चारकर्मी रामकृष्ण लामिछानेलाई नगद पाँच हजार ५५५ र सम्मान पत्रद्वारा सम्मान गरेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *