तीन कम्पनीका गुणस्तरहीन औषधि नेपाली बजारमा, तत्काल फिर्ता गर्न विभागको निर्देशन

काठमाडौँ, ६ पुस – तीन कम्पनीका गुणस्तरहीन औषधि नेपाली बजारमा पुगेको पाइएको छ । औषधि व्यवस्था विभागले नमूना परीक्षण गर्दा गुणस्तरहीन पाइएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न सम्वन्धीत कम्पनीलाई निर्देशन दिएको छ ।

गुणस्तरहीन औषधिमा डा. रेडीज ल्याबरोटोरिज प्रालि भारतको कम्पनीले उत्पादन गरेको व्याच नं E600240 को राजो -२० रबिप्राजोल सोडियम ट्यावलेट, क्युरेक्स फर्मास्युटिकल्स प्रालि नेपालको कम्पनीले उत्पादन गरेको व्याच नं TAC2-006 को एसिफिक्स राविप्राजोल सोडियम ट्यावलेट र लोमस फर्मास्युटिकल्स प्रालिको व्याच नं RB0216 राबोमेज-२० नामक राबिप्राजोल सोडियम ट्यावलेट रहेका छन् ।

ग्यास्टिक तथा अल्सरमा प्रयोग हुने यी औषधि  अनुगमन टोलीले बजारबाट ल्याई नमूना परीक्षण गर्दा डिसिन्टीग्रेसन टेष्ट फेल अर्थात पेटमा गएर घुल्ने प्रक्रिया फेल भएको पाइएको विभागका महानिर्देशक नारायण ढकालले बताए । विभागले ती औषधिको यर्थात विवरण १५ दिन भित्रमा पेश गर्न समेत भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *