दाँतको उपचार गर्न राष्ट्रपति पुगिन् बीर अस्पतालमा (फोटो फिचर सहित)

काठमाडौँ, २८ मंसिर – राष्ट्रपति विद्या भण्डारी बीर अस्पतालमा पुगेर दाँतको उपचार गरेकी छन् । दन्त चिकित्सकहरुले एक घण्टा बढी समय लगाएर उनको दाँतको परीक्षण तथा उपचार गरिदिएका छन् ।
दाँतमा खाना अड्कने समस्या भएको भन्दै राष्ट्रपति भण्डारी परीक्षणका लागि विहान पौने ११ बजे बीर अस्पताल पुगेकी थिइन् । अस्पतालमा उनले किराले खाएको एउटा दाँतमा फिलिङ गराएकी छन भने दाँतको एक्सरे तथा स्केलिङ (सफा) गराएकी छन् ।
अस्पतालकी दन्तरोग विभाग प्रमुख डा शैली प्रधानले राष्ट्रपति नियमित दाँत परीक्षणका राष्ट्रपति बीर अस्पताल आएको बताइन् । उनले एक घण्टा बढी समय लगाएर दाँतको परीक्षण र उपचार गराएको जानकारी दिइन् ।
‘खासै ठूलो समस्या होइन नियमित परीक्षणका लागि आउनु भएको हो । नेपाली हेल्थसंग उनले भनिन् , सो क्रममा दाँतको एक्सरे गरियो, सफा गरियो, किराले खाएको एउटा दाँतमा फिलिङ गरियो ।’
राष्ट्रपतिको उचपारका लागि लागि डा. प्रधानसहित डा. सरिता जोशी, डा. आशा थापा सहितको टोली खटिएको थियो । डा. प्रधानले बर्तमान राष्ट्रपति बीर अस्पतालमा पहिलो पटक उपचारका लागि आएको बताइन् ।
अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले बीर अस्पतालको उपचार सेवा गुणस्तरीय भएकोले नै राष्ट्रपति उपचारका लागि बीर अस्पताल आएको बताए । ‘कतिपयमा भ्रम हुनसक्छ । सरकारी अस्पताल पुरानो अस्पताल भनेर तर गुणस्तरीय उपचारमा बीरको सेवा कम छैन् । त्यसैले त राष्ट्रपति समेत उपचारका लागि यहाँ आउनु भएको छ । हामी सुलभदरमा गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेका छौँ ,’ डा. बस्नेतले भने ।
त्यसो त दाँत परीक्षणका लागि पूर्व राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी पनि बीर अस्पतालमा पुग्ने गरेका छन् ।

सम्पर्क इमेल : [email protected]