आगामी १ पुसबाट निजी तथा सहकारी अस्पतालले १० प्रतिशत बेड नि:शुल्क गर्नुपर्ने

काठमाडौँ, २७ मंसिर – गरीब बिपन्न तथा असाहायहरुको उपचारमा सहज पहुँचका लागि देशभरका निजी अस्पतालहरुले आगामी १ पुस देखि १० प्रतिशत शुल्क निशुल्क गर्ने भएका छन् । स्वास्थ्य मन्त्री गगन थापाले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।

मन्त्री थापाका अनुसार निजी अस्पतालहरुले १० प्रतिशत बेड निशुल्क गर्नुपर्ने सरकारको निर्देशनलाई पहिलो पटक स्वीकार गरेको भन्दै तोकिएको मितिबाट कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । यो नियम निजी अस्पतालसहित सामुदायिक, सहकारी, गैरसरकारी, शिक्षण अस्पताल सहित नर्सिङ होममा समेत लागू हुनेछ ।

मन्त्रालयले १० प्रतिशत निशुल्कको कोटामा विपन्न , बेबारिसे र असाहाय सहित बृद्धबृद्धा, एकल महिला तथा अपाङ्ग भएका व्यक्तिहरुले सेवा लिन सक्ने व्यवस्था गरेको छ । त्यसका लागि गाविस वा नगरपालिकाको सिफारिस वा जिविस वा जिल्ला प्रशासन कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालय वा स्वास्थ्य मन्त्रालय वा काठमाडाँैको हकमा बीर अस्पतालले गरेको सिफारिस गर्नुपर्ने हुन्छ ।

निशुल्क सेवा अन्तर्गत अस्पतालहरुले चिकित्सक परामर्स शुल्क, प्रयोगशाला शुल्क, बेड शुल्क, नर्सिङ शुल्क, अस्पतालमा उपलव्ध डाइगनस्टिक शुल्क तथा अक्सिजन निशुल्क पाउनेछन् । मन्त्री थापाले सर्जरी शुल्क समेत निशुल्क गर्न खोजिएपनि अहिले त्यसका लागि केही तयारी नपुगेको बताए ।

‘हुन त १० प्रतिशत शुल्क दिनुपर्छ भन्ने कुरा नयाँ होइन तर यसपटक निजी अस्पतालहरुले समेत त्यसमा प्रतिवद्धता जनाएको अवस्था हो । त्यसैले यो कार्यान्वनयमा आउछ,’  मन्त्री थापाले भने ।

सिफारिस ल्याउन नभ्याएका बिरामीलाई अस्पतालले स्वयं घोषणा फारम भराई सो सेवा उपलव्ध गराउन सकिने व्यवस्था समेत मन्त्रालयले गरेको छ । ‘विपन्न बेबारिसे र असाहाय विरामीको लागि निशुल्क सैया लेखिएको स्टीकर सहितको बेडमा राखिनेछ । अस्पतालहरुले उपचाररत विरामीको बिबरण सूचनाबोर्डमा सार्वजनिक गर्नेछन् । यसले दुरुपयोग हुन नसक्ला,’ मन्त्री थापाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *