स्वास्थ्य बीमा कार्यक्रममा ७२ जनाका लागि जागिरको अवसर
काठमाडौँ, २३ मंसिर – स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकुले बीमा कार्यक्रम सुरु भईसकेका र हुन लागेका गरी १८ जिल्लामा करारमा ७२ जना कर्मचारी नियुक्त गर्न विज्ञापन प्रकाशित गरेको छ ।
१५ दिनको म्याद राखेर प्रकाशित सूचनामा जिल्ला प्रवन्धक १६ जना, दर्ता अधिकारी ३८ जना र कार्यालय सहयोगी १८ जना आवश्यक भएको जनाएको छ । परीक्षा लिखित, प्रयोगात्मक तथा अन्तबार्ता हुने बताइएको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



