आइओएम डीन प्रकरण : प्राडा अग्रवालले काम काज गर्दै आएको कार्यकक्षमा पनि तालाबन्दी

0
Shares

काठमाडौँ, २२ मंसिर – आईओएम बचाउ संघर्ष समितिले डीन प्राडा जगदीश अग्रवालले काम काज गर्दै आएको मोहेगो भवनस्थित राष्ट्रिय चिकित्सा शिक्षा प्रतिष्ठान कार्यकक्षमा तालावन्दी गरेको छ । यही समितिले गत शनिबार डीन कार्यालयमा तालबन्दी गरेको थियो ।

डीन कार्यालयमा तालाबन्दी गरेपछि आइतबार नवनियुक्त डीन प्राडा अग्रवालले मोहेगो भवनमा रहेको सोही कार्यकक्षबाट कामकाज गर्दै आएका थिए ।

आज दिउसो महाराजगञ्ज क्याम्पसमा भएको सामुहिक भेलापछि संर्घष समितिका सदस्य गएर तालावन्दी गरेका हुन् । समितिका सहसंयोजक डा अभिमन्यु झाले डीन अग्रवालको राजिनामा, जवरजस्ती राजिनामा गर्न लगाइएका डीन केपी सिंहलाई पुर्नवहाली र डीन नियुक्तिको मापदण्ड बनाउनुपर्ने माग रहेको बताए ।

यसअघि आइओएमका प्राध्यापकहरुले शैक्षिक पठनपाठन बन्दको घोषणा गरेका थिए । यद्धपी केही प्राध्यापकहरुले शैक्षिक क्रियाकलापमा भाग लिदै आएको बताएका छन् ।

आजको विशेष भेलामा निवर्तमान डीन केपी सिंह आएर आफूलाई राजिनामा गर्न बाध्य पारिएको कुरा बताएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *