‘स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण’

swamsebika
काठमाडौँ, २० मंसिर – स्वास्थ्यमन्त्री गगनकुमार थापाले महिला स्वास्थ्य स्वयं सेविका मन्त्रालय र जनसमुदायबीचको पुल भएको बताएका छन् ।

तेह्रौँ राष्ट्रिय महिला स्वयंसेविका दिवस २०७३ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयं सेविकाले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

उनले पहिले जे उद्देश्यले स्वयंसेविका बनाइएको थियो, आज त्यसको कार्यक्षेत्र बढ्दै गएकाले त्यसैअनुसार थप तालिम र सुविधा बढाउन मन्त्रालय सकारात्मक रहेको बताए ।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्वास्थ्य स्वयंसेविकाले गाउँगाउँमा गई सेवा पु¥याएको हुनाले उनीहरुलाई आधारभूत सेवा उपलब्ध गराउनुपर्ने धारणा राखे ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले महिला स्वास्थ्य स्वयंसेविकानभएको भए गाउँगाउँसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन नसकिने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले नेपालमा सञ्चालन भएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सफलता अन्य मुलुकका लागि पनि उदाहरणीय भएको बताईन्।

सुनाकोठी स्वास्थ्य चौकी ललितपुरकी महिला स्वास्थ्य स्वयंसेविका शशी शाह ठकुरीले आफूहरुले गाउँगाउँमा विभिन्न महामारी, खोप कार्यक्रमलगायत सबै स्वास्थ्य कार्यक्रममा महत्वपूर्ण योगदान गरे पनि सेवा निवृत्तिका बेलामा उचित मूल्याङ्कन नभएको बताइन ।

अहिले सरकारले साठी वर्ष उमेर पुगेपछि अवकास दिँदा रु १० हजार उपलब्ध गराउँदै आएको छ । सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई आत्मविश्वास बढाउन पोसाक खर्च सात हजार दिने भएको छ भने तालिम तथा समीक्षा बैठकमा भाग लिँदा दिइने खर्च आ व २०७२/७३ बाट चार सय रुपैयाँ दिँदै आएको छ ।

कार्यक्रममा मातृ स्वास्थ्य, नवशिशु एवम् बाल स्वास्थ्य, परिवार नियोजन, खोप, पोषण, सरुवा रोगको नियन्त्रणमा स्वय्मसेविकाले पु¥याएको योगदानको प्रसंसा गरिएको थियो ।

स्वास्थ्य सेवामा जनसहभागिता परिचालन गर्न विसं २०४५/४६ देखि नेपाल सरकारले स्वास्थ्य मन्त्रालयअन्र्तगत महिला स्वास्थ्य स्वयम्सेवक कार्यक्रम सुरु गरेको थियो । ७५ जिल्लामा विस्तारित यो कार्यक्रमअन्र्तगत हाल नेपालमा ५१ हजार ४७० महिला स्वास्थ्य स्वयं सेविका कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *