पहिलो ‘आसोन-कन २०१६’ सम्मेलन काठमाडौँमा हुँदै

0
Shares

काठमाडौँ, १७ मंसिर – नेपाल आर्थ्रोस्कोपि संघले काठमाडौंमा पहिलोपटक ‘’आसोन- कन २०१६’’ आयोजना गर्ने भएको छ ।

सम्मेलनले नेपालका आर्थोपेडिक सर्जनहरुलाई बिभिन्न देशबाट आएका बिशिष्ट अर्थोपेडिक सर्जनहरुबाट अनुभब,ज्ञान र सीप सिक्ने अबसर प्रदान गर्नुकासाथै नेपालका अर्थोपेडिक सर्जनहरुको अनुभव,ज्ञान,सीप र दक्षता बिश्व सामु चिनाउने अबसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यही डिसेम्बर महिनाको ४ देखी ६ तारिखसम्म काडमाडौंको होटल सोल्टी क्राउन प्लाजामा संचालन हुने दुइदिने सम्मेलनमा नेपाल लगायत अमेरिका,फ्रान्स,इटली,टर्की,स्पेन,स्लोभानिया,जापान,फिलिपिन्स,थाइल्याण्ड,भारत,बङ्गलादेश लगायतका बिभिन्न ११ देशका ३०० जना भन्दा बढी बिशिष्ट तथा ख्यातिप्राप्त आर्थ्रोस्कोपिक सर्जनहरुको सहभागिता रहने बताइएको छ ।

सम्मेलनले (स्पोर्ट्स मेडिसिन) खेलकुदका समयमा हुने चोटपटकहरुको उपचारका क्षेत्रमा उल्लेख्य सुधार आउने र नेपालको स्पोर्ट्स मेडिसिनका क्षेत्रमा नयाँ आयाम थपिने नेपाल आर्थ्रोस्कोपि संघका अध्यक्ष डा. चक्रराज पाण्डेले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *