पहिलो ‘आसोन-कन २०१६’ सम्मेलन काठमाडौँमा हुँदै
काठमाडौँ, १७ मंसिर – नेपाल आर्थ्रोस्कोपि संघले काठमाडौंमा पहिलोपटक ‘’आसोन- कन २०१६’’ आयोजना गर्ने भएको छ ।
सम्मेलनले नेपालका आर्थोपेडिक सर्जनहरुलाई बिभिन्न देशबाट आएका बिशिष्ट अर्थोपेडिक सर्जनहरुबाट अनुभब,ज्ञान र सीप सिक्ने अबसर प्रदान गर्नुकासाथै नेपालका अर्थोपेडिक सर्जनहरुको अनुभव,ज्ञान,सीप र दक्षता बिश्व सामु चिनाउने अबसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यही डिसेम्बर महिनाको ४ देखी ६ तारिखसम्म काडमाडौंको होटल सोल्टी क्राउन प्लाजामा संचालन हुने दुइदिने सम्मेलनमा नेपाल लगायत अमेरिका,फ्रान्स,इटली,टर्की,स्पेन,स्लोभानिया,जापान,फिलिपिन्स,थाइल्याण्ड,भारत,बङ्गलादेश लगायतका बिभिन्न ११ देशका ३०० जना भन्दा बढी बिशिष्ट तथा ख्यातिप्राप्त आर्थ्रोस्कोपिक सर्जनहरुको सहभागिता रहने बताइएको छ ।
सम्मेलनले (स्पोर्ट्स मेडिसिन) खेलकुदका समयमा हुने चोटपटकहरुको उपचारका क्षेत्रमा उल्लेख्य सुधार आउने र नेपालको स्पोर्ट्स मेडिसिनका क्षेत्रमा नयाँ आयाम थपिने नेपाल आर्थ्रोस्कोपि संघका अध्यक्ष डा. चक्रराज पाण्डेले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]