डा. केसी पक्षको प्रारम्भिक प्रतिक्रिया : नयाँ डीन नियुक्त नहुँदासम्म अनसन जारी

dr-kc

काठमाडौँ, १७ मंसिर  – आइओएम डीन केपी सिहले राजिनामा दिएपनि बरिष्ठताका आधारमा नयाँ डीन नहुँदा सम्म अनसन जारी रहने डा केसी पक्षले बताएका छन् । यद्धपी उनीहरुले बार्ता र सहमतिका लागि डीन सिंहको राजिनामाले बाटो भने खुल्ला भएको प्रतिक्रिया दिएका छन् ।

डीन डा सिंहले केही बेर अघि राजिनामा दिएका छन् । २० दिन अघि नियुक्ति लिएको केही समयपछि नै डा केसी बरिष्ठताको आधारमा डीन नियुक्ति हुनुपर्ने लगायका माग राखेर अनसन सुरु गरेका थिए ।

डा केसीका सहयोगी आवसीय चिकित्सक संघका अध्यक्ष डा लिजन महर्जनले नयाँ डीन नियुक्ति भएपछि मात्रै अनसन तोड्निसक्ने प्रतिक्रिया दिए । यद्धपी आफूहरु बार्ताको प्रतिक्षामा रहेकोले त्यसपछि मात्रै अरु कुरा थाह हुने बताए ।

‘बरिष्ठताको आधारमा डीन नियुक्ति हुनुपर्छ भन्ने माग हो । अहिले पुराना डीनले राजिनामा दिएको मात्रै अवस्था हो । त्यसैले यो विषयलाई जतिसक्यो छिटो टुंग्याउनुपर्छ ‘ महर्जनले भने । उनले आफूहरु सरकारी टोलीको फोनको प्रतिक्षामा रहेको भन्दै बार्ताबाट अरु कुरा थाह हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *