डा. केसी पक्षको प्रारम्भिक प्रतिक्रिया : नयाँ डीन नियुक्त नहुँदासम्म अनसन जारी

0
Shares

dr-kc

काठमाडौँ, १७ मंसिर  – आइओएम डीन केपी सिहले राजिनामा दिएपनि बरिष्ठताका आधारमा नयाँ डीन नहुँदा सम्म अनसन जारी रहने डा केसी पक्षले बताएका छन् । यद्धपी उनीहरुले बार्ता र सहमतिका लागि डीन सिंहको राजिनामाले बाटो भने खुल्ला भएको प्रतिक्रिया दिएका छन् ।

डीन डा सिंहले केही बेर अघि राजिनामा दिएका छन् । २० दिन अघि नियुक्ति लिएको केही समयपछि नै डा केसी बरिष्ठताको आधारमा डीन नियुक्ति हुनुपर्ने लगायका माग राखेर अनसन सुरु गरेका थिए ।

डा केसीका सहयोगी आवसीय चिकित्सक संघका अध्यक्ष डा लिजन महर्जनले नयाँ डीन नियुक्ति भएपछि मात्रै अनसन तोड्निसक्ने प्रतिक्रिया दिए । यद्धपी आफूहरु बार्ताको प्रतिक्षामा रहेकोले त्यसपछि मात्रै अरु कुरा थाह हुने बताए ।

‘बरिष्ठताको आधारमा डीन नियुक्ति हुनुपर्छ भन्ने माग हो । अहिले पुराना डीनले राजिनामा दिएको मात्रै अवस्था हो । त्यसैले यो विषयलाई जतिसक्यो छिटो टुंग्याउनुपर्छ ‘ महर्जनले भने । उनले आफूहरु सरकारी टोलीको फोनको प्रतिक्षामा रहेको भन्दै बार्ताबाट अरु कुरा थाह हुने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *