एड्सको सङ्क्रमणबाट कञ्चनपुरमा १३१ जनाको मृत्यु

 

aidsभीमदत्तनगर, १६ मंसिर- कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा उक्त रोगको सङ्क्रमण पत्ता लगाउन सुरु गरिएपछि हालसम्म १३१ जनाको मृत्यु हुनाका साथै हाल ४६८ महिला तथा पुरुष सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकृत हेमराज जोशीले जानकारी दिए ।

“सचेतनाका कारण पहिलेको जस्तो रोग लुकाउने गरेको घटना छैन् ।” उनले भने– “पछिल्लो समय सङ्क्रमण घट्दो गतिमा छ ।” हाल सङ्क्रमितमध्ये २१९ महिला, २४८ जना पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

त्यसैगरी चार वर्षमुनिका १४ र पाँचदेखि नौ वर्षसम्मका २६ जना गरी ४० बालबालिका पनि एचआइभीको सङ्क्रमणमा रहेको कार्यालयले जनाएको छ ।

सङ्क्रमित बालबालिकाको विशेष स्याहारका लागि कार्यालयले विभिन्न सहयोग गर्दै आएको छ भने सङ्क्रमितलाई जानकारी दिलाउन तीन स्थानमा परामर्श केन्द्र समेत सञ्चालनमा ल्याइएको छ । “प्रभावित बिरामीलाई निःशुल्क औषधोपचारका लागि पनि महाकाली अञ्चल अस्पतालमा छुटृै व्यवस्था गरिएको छ ।” सूचना अधिकृत जोशीले भने– “बिरामीलाई आयु बढाउनेलगायतका औषधि प्रदान गरिँदै आएको छ ।”

त्यसैगरी विश्व एड्स दिवसका अवसरमा आज जिल्ला एड्स समन्वय समिति, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवाला सङ्घ संस्थाले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *