डा. केसीको अनशन तोडाउन स्वास्थ्यमन्त्री थापाद्धारा प्रधानमन्त्रीसँग छलफल

gagan-thapa

काठमाडौँ, १६ मंसिर – त्रिवि शिक्षण अस्पतालमा १९ दिन देखि अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनिराम पौडेलले छलफल गरेका छन् ।

सरकारी पक्ष र डा. केसी पक्षकावीचमा केहीदिनदेखि भईरहेको बार्ता निश्कर्षमा पुग्न नसकेपछि स्वास्थ्य मन्त्री थापाले निकास निकाल्नका लागि शिक्षामन्त्री पौडेललाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेको मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।

छलफलका क्रममा स्वास्थ्यमन्त्री थापाले समाधानका उपायहरु बारे प्रधानमन्त्रीलाई अवगत गराएको र प्रधानमन्त्री दाहालले सोही अनुरुप निर्देशन दिने बताएका थिए ।

स्वास्थ्यमन्त्री थापाले प्रधानमन्त्रीलाई कुनैपनि हालतमा डा. केसीको अनशन आज तोडाउनै पर्नेमा जोड दिएका थिए ।

प्रधानन्त्री दाहालसँगको भेटपछि स्वास्थ्य मन्त्री थापाले अहिले अन्य सरोकारवालाहरुसँग छलफल गरिरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *