स्वास्थ्यमा अव कार्यान्वयनको चरण सुरु भयो : स्वास्थ्य मन्त्री थापा

0
Shares

tara
काठमाडौं, १५ मंसिर – स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्यमा कार्यान्वयनको चरण सुरु भएको बताएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त काँग्रेस नेता तारामान गुरुङ्गलाई स्वागत गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री थापाले सो कुरा बताएका हुन् । उनले अहिलेसम्म आफू स्वास्थ्यको प्राप्त प्रवित्ति र पद्धतीको अध्ययनमा लागेको भन्दै अवको चरण कार्यान्वनय हुने बताए ।

मन्त्री थापाले आफुले थप सहयात्रीको रुपमा आफ्नो आदरणीय नेता गुरुङ्गलाई पाएकाले अव काम गर्न अझ सजिलो हुने विश्वास पनि व्यक्त गरे । अहिले सम्म मन्त्रालयको राजनीतिक नेतृत्व मैले मात्रै गर्दै आईरहेकोमा अव जोडा भेटेको छु, जिम्मेबारी बाँडफाँड गरेर कामलाई तिव्रताका साथ अगाडी बढाउने छौं, मन्त्री थापाले भने ।

उनले स्वास्थ्य मन्त्रालयमा क्षमतावान जनशक्ति रहेपनि त्यसको पर्याप्त उपयोग हुन नपाएको उल्लेख गर्दै अव सवैजना महशुष गर्न सकिने परिवर्तन गर्नेगरी सक्रिय हुने विश्वास व्यक्त गरे ।उनले कुनै नयाँ काम गर्ने भन्दा पनि भईरहेका पुराना कामहरुलाई नै दुस्तदुरुस्त र प्रभावकारी कार्यान्वयन नै आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे । 

कार्यक्रममा नवनियुक्त राज्य मन्त्री गुरुङ्गले युवा नेताले सम्हालेको मन्त्रालय भएकाले आफुले पनि युवा जोश जाँगरका साथ काम गर्ने अठोट व्यक्त गरे । उनले मन्त्री थापाका कामलाई अझ फराकिलो र प्रभावकारी बनाउन आफुले होस्टेमा हैसे गर्ने प्रतिवद्धता जनाए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *