सरकार र डा. केसी पक्षबीचको आजको बार्ता पनि बिनानिस्कर्ष टुंगियो

education-ministry-nepalकाठमाडौँ, १३ मंसिर – सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीच भएको आज दोस्रो दिनको बार्ता बिना निस्कर्ष टुंगिएको छ । डा केसीका प्रतिनिधिहरुले त्रिवि उपकुलपति प्राडा तीर्थ खनिया र आइओएम डीन प्राडा केपी सिंहलाई बर्खास्त गर्नुपर्ने आफ्नो बटम लाइन भनेपछि बार्ता विना निस्कर्ष टुगिएको हो ।

सरकारी टोलीले उपकुलपति र डीनलाई यत्तिकै हटाउन गाह्रो हुने भन्दै नीतिगत रुपमा उपकुलपति र डीनको मापदण्ड बनाउनुपर्नेमा जोड दिएका थिए । तर केसी पक्षधरहरुले आफूहरुको बटम लाइन उपकुलपति र डीनको बर्खास्ती भएको दोहोरयाएका थिए ।

डा केसीका तर्फबाट बार्तामा सहभागी डा लिजन महर्जनका अनुसार बार्ता हिजो जुन अवस्थामा थियो । त्यहि अवस्थामा टुंगिएको छ । यो कुरालाई सरकारी प्रतिनिधिहरुले पनि स्वीकारेका छन् ।

अहिलेको विवादको विषय बरिष्ठताको आधारमा डीन नियुक्ति नगर्नु नै हो त्यो कुरालाई सच्याउन हामीले भनेका छौँ तर उहाँहरु मान्नु भएको छैन् । डा महर्जनले भने त्यसैले आजको बार्ता हिजोकै अवस्थामा रहेको छ ।

उता सरकारी बार्ताटोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले धेरै विकल्पहरुका बारेमा छलफल भएको र निचोडमा आइनसकेको बताए ।

स्रोतका अनुसार बार्तामा उपकुलपति र डीनलाई बखास्त गर्ने डा केसी पक्षको मागमा कानूनी रुपमा नमिल्ने भन्दै सरकारी अधिकारीहरुले असहमति जनाएका छन् । डा केसीले बरिष्ठताको आधारमा प्राडा जगदीश अग्रवाललाई डीन बनाउनुपर्ने बताउदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *