शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा ओपिडी बहिस्कारको घोषणा

teaching-hospital

काठमाडौँ, ९ मंसिर – त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक(नेशनल रेजिडेन्ट डाक्टर एसोसियन)ले भोलीबाट बहिरंग (ओपिडी) सेवा बहिस्कार गर्ने भएका छन् । प्राडा गोविन्द केसीको माग पुरा गर्न दवाव दिन ओपिडीमा काम नगर्ने आवासीय चिकित्सकले जनाएका छन् ।

एसोसियसनका अध्यक्ष डा लिजन महर्जन र सचिव डा सचित शर्माद्धारा विहीबार जारी विज्ञप्तीमा डा केसीको जीवनरक्षाका लागि बाध्यतापूर्वक चालिएको कदम भनिएको छ ।

विगत बाह्र दिन देखि आमरण अनसनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको बताइएको छ । उनका मागका सम्वन्धमा सरकारले ठोस कदम चालेको भने देखिएको छैन् ।

nrda

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *