श्रीमानलाई क्षयरोग र छोरीलाई कुपोषणका कारण सुनितलाई छटपटी

5f]/LnfO{ s'kf]if0fn] 56k6L >LdfgnfO{ Ifo/f]u / 5f]/LnfO{ s'kf]if0f ePkl5 cfly{s cefjn] 56k6fO{ /x]sL wafª @ /f]NkfsL ;'lgtf ;'gf/ 5f]/Lsf ;fydf . pgsL !@ dlxgfsL 5f]/L lgd{nf ;'gf/sf] tf}n s'kf]if0fsf sf/0f ;f9] rf/ s]hL dfq 5 . . t:jL/ M sljtf pkfWofo, lnafª-/f]Nkf_, /f;;

रोल्पा, ५ मंसिर –  श्रीमानलाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहेकी छन्।

रोल्पा जिल्ला अस्पतालका अनुसार सुनारकी १२ महिनाकी छोरी निर्मला सुनारको तौल साढे चार केजी मात्र छ । उनको तौल दिनप्रतिदिन घट्दै गइरहेको छ । असारमा करिब पाँच केजी भएको उनको तौल घटेर हाल साढे ४ केजीमा झरेको छ । उनी रक्तअल्पत्ता तथा निमोनियाबाट पनि पीडित छिन् भने स्वास्थ्य कार्यालयको अभिलेखअनुसार उनी पटकपटक पखालाबाट पनि उत्तिकै ग्रसित भएको देखिन्छ ।

बच्चाको घाँटीका ग्रन्थी सुनिएका छन् । जसका कारण जिल्ला अस्पताल रेउघामा उनको उपचार असम्भव भएपछि अस्पतालले उनलाई उपचारका लागि अपाङ्ग, असहाय, गरिब तथा ज्येष्ठ नागरिकअन्तर्गत रहेको कोषबाट रु चार हजार बाटो खर्चसहित नेपालगन्जअस्पतालमा सिफारिस गरेको स्वास्थ्यकर्मी कुलबहादुर डाँगी बताउछन् । समयमै उपचार पाए ठीक हुने सम्भावना भए पनि पारिवारिक स्थिति एकदमै कमजोर भएका कारण उपचारका लागि हम्मेहम्मे परिरहेको सुनारले बताए ।

स्वास्थ्यकर्मी डाँगीका अनुसार पटकपटक बिरामी भइरहेको बच्चाको अवस्था हाल एकदमै जोखिममा छ। कम उमेरमा बच्चा जन्माउँदा, गर्भावस्थामा जाँच नगर्दा वा आवश्यकताअनुसारका खोप नलिँदा, घरमै सुत्केरी हुँदा तथा बच्चा जन्मिसकेपछि समय समयमा बच्चालाई उचित खोप नदिँदा बालबालिका कुपोषणको सिकार हुनपुग्छन् ।

सुनारका बच्चालाई छ महिनापछि आमाको दूधबाहेक थप आहार नदिएको पाइएको उनी बताउछन् । यता सुनारले बच्चाले कुनै प्रकारका खाना नखाने गरेको हुँदा आफ्नो दूध मात्र खुवाउन बाध्य भएको हो भन्दै सुनारले भने, “बच्चाले मन पराउने फलफूल तथा खानेकुरा किन्ने हैसियत छैन आफूले खाने खाना उसले पटक्कै खान मान्दैन ।” श्रीमान् पनि क्षयरोगले ग्रसित छन् । घरमा कमाउने मान्छे कोही छैन आयस्रोतका बाटाहरु नहुँदा दुईछाक टार्न पनि मुस्किल पर्न थालेको छ श्रीमान् र छोरीलाई कसरी बचाउँ उनले दुखेसो पोखिन् ।

यसअघि कुपोषणबाट ग्रसित बेनेका रोल्पाका दुई बालकलाई केही महिनाअघि दाङको पोषणगृहमा पठाइएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *