विशिष्ट श्रेणी सहित सहित अछाम बन्यो यसबर्षको उत्कृष्ठ जिल्ला, मनाङ सबैभन्दा पुछारमा

काठमाडौँ, ५ मंसिर – स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा अछाम जिल्ला यसबर्षको उत्कृष्ठ जिल्ला घोशित भएको छ । गतवर्ष अछाम दोस्रो स्थानमा थियो । सबैभन्दा पुछारमा भने मनाङ परेको छ । मनाङ गतवर्ष भन्दा दुई स्थान तल झर्दै अन्तिममा पुगेको हो ।

आर्थिक बर्ष २०७२/७३ को राष्ट्रिय समिक्षा गोष्ठीको अवसरमा शनिबार अछामलाई सर्वोत्कृष्ठ जिल्ला घोषणा गरिएको थियो । ्मुल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टा छुट्टै सूचकबाट प्राप्त अंकका आधारमा यसपटक ९२.३७ प्रतिशतको आधारमा अछाम प्रथम, ९०.५४ प्रतिशतको आधारमा सुर्खेत दोस्रो र ९०.४१ प्रतिशतका आधारमा बैतडी तेस्रो भएका छन् ।

सबैभन्दा कम उपलव्धी हासिल गरी पुछारमा अर्थात ७५ औँ स्थानमा पुगेको मनाङले ५७.६५ प्रतिशत अंक ल्याएको छ । अन्तिमबाट दोस्रो बनेको अर्थात ७४ औँ स्थानमा रहेको इलाम ६२.७८ प्रतिशत अंक ल्याएको छ ।

मन्त्रालयले बर्षभरका लागि दिएको कार्यहरुको सम्पादन गरेको आधारमा उत्कृष्ठता छुट्याउने गर्दछ ।

हेरौँ उत्कृष्ठ र अन्तिममा परेका १० जिल्ला 

top10-dis

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *