नर्सिङ अध्ययनका लागि न्याम्सले खोल्यो बीएन र बीएसमा भर्ना
काठमाडौँ, ३० कात्तिक – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले शैक्षिक बर्ष २०७३/७४का लागि व्याचलर इन नर्सिङ साइन्स(बीएनएस) र व्याचलर इन मिडवाफ्री साइन्स( बीएमएस)मा भर्ना खोलेको छ ।
तीन बर्षे यो कार्यक्रममा भर्ना हुन चाहनेले नेपाल नर्सिङ काउन्सिललको पूर्वाधार पुरा गरी सर्टिफिकेट नर्सिङ पास भै एक बर्ष काम गरेको अनुभव चाहिने सूचनामा उल्लेख छ ।
बीएन एस कार्यक्रम भरतपुर अस्पताल भरतपुर चितवनमा ४० र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स बीर हस्पिटल नर्सिङ क्याम्पसमा ४० सिट रहेको छ । बीएमएसका लागि न्याम्सको नर्सिङ क्याम्पसमा १० सिट कोटा रहेको जनाइएको छ ।
हेर्नुहोस् सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



