आइओएमका नवनियुक्त डिन प्राडा केपी सिंहले यसरी गरे पद बहाली (फोटोफिचर सहित)

1.9k
Shares

kp-shing
काठमाडौँ, २८ कात्तिक – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का नव नियुक्त डिन प्राडा केशवप्रसाद (केपी) सिंहले पद बहाली गरेका छन् ।

दिउसो २ बजे नियुक्ति पत्र लिइ डिनको कार्यलय पुगेका प्राडा सिंहलाई पूर्व डिनहरु अरुण सायमी, प्राडा प्रकाश सायमी, प्राडा शशी शर्मा ,त्रिबि प्राध्यापक संघका प्रतिनिधिहरु, शिक्षण अस्पतालका पदाधिकारीहरु  तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदवहाली गरिरहेकै बेला सर्च कमिटीले सिफारिस गरेका प्राडा जगदीश अग्रवाल र प्राडा ज्योति शर्मा समेत डीन कार्यलय पुगेका थिए । उनले पनि सिंहलाई बधाई तथा शुभकामना दिएका थिए ।

सर्च कमिटीले सिफारिस गरेका प्राडा जगदीश अग्रवाल र ज्योति शर्माले पनि डीन प्राडा सिंहलाई बधाई दिएका छन् ।प्राडा शर्माले आउँदा आउदै स्वागत गरेकी थिइन तर अग्रवाल भने पदवहाली गरेको केही बेर पछि प्राडा प्रकाश सायमीसंग डीन कार्यालयमा पुगेर बधाई दिएका थिए ।

पद बहाली पछि बोल्दै प्राडा सिंहले आफ्नो छोटो कार्यकालमा सबैलाई मिलाएर लैजाने बताए । उनले नियुक्ति पत्र लिनुभन्दा अगाडि डा. गोबिन्द केसीसंग कुराकानी भएको भन्दै डा केसीसंग पनि सहयोग पाउने अपेक्षा राखे ।

तर डा. गोबिन्द केसीले बरिष्ठताका आधारमा डिन नियुक्त नभएको भन्दै अहिले ४ बजे पत्रकार सम्मेलन गर्दै अनसन बस्दै छन् ।

kp1

kp2

kp3

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *