नर्सहरुको लाइसेन्स परीक्षामा ७५ प्रतिशत पास (नतिजा सहित)

0
Shares

काठमाडौँ, २८ कात्तिक – नेपाल नर्सिङ परिषदको शनिबार सम्पन्न नामदर्ता (लाइसेन्स) परीक्षामा १ हजार २९जना (७५प्रतिशत) उत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ३७० जना सहभागी थिए ।nursing

परिषदकी अध्यक्ष प्राडा चन्द्रकला शर्माका अनुसार फारम भरेका मध्ये ११ जना अनुपस्थित रहेका थिए । उनले यसपटक अनुतीर्ण हुनेहरु यसअघिका परीक्षामा असफल भएकाहरु नै बढी रहेको बताइन ।

दुई पूर्णाङ्कको परीक्षामा उत्तीर्ण हुन परीक्षार्थीले कम्तीमा एक सय नम्बर ल्याउनुपर्छ । सन् २०१२ बाट लाइसेन्स परीक्षा लिन थालेको परिषद्को यो चौधौँ परीक्षा हो । परिषद्ले बर्षमा तीन पटक लाइसेन्स परीक्षा लिने गर्छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *