यी हुन् शरीरको शक्ति जगाइराख्ने आठ तरिका

get energey

१. छिनछिनको चिया कफि : शरीरमा शक्ति कम भएको महसुस गर्ने गर्नुभएको छ भने समय समयमा चिया र कफि पिउनुस् । यसले तपाइँलाई पुन शक्ति दिन मद्दत गर्छ । अल्छि लाग्यो वा झ्याउ लाग्यो भने तपाईँले चिया वा कफिको सहायता लिन सक्नुहुन्छ ।

२. ब्रेकफास्ट नछुटाउनुहोस् : ब्रेकफास्टले शरीरलाई चाहिने शक्तिको धेरै हिस्सा ओगटेको हुन्छ । भोक लागोस् या नलागोस् बेकफास्ट नियमति रुपमा खानुहोस् ।

३. ओमेगा थ्री एस : ओमेगा थ्री बदाम, मह, माछा, तेल आदिमा पाइन्छ । यसले मस्तिष्कका कोषहरु सबिmय बनाउन मद्दत गर्नुका साथै शक्तिलाई ग्लाइकोजिनको रुपमा जम्मा गर्न सघाउँछ । जसलाई आवश्यकता परेको बेलामा शरीरले प्रयोग गर्छ ।

४. अल्कोहलजन्य पदार्थको सेवन कम गर्नुहोस् : अल्कोहलले शरीरको स्नायु प्रक्रियालाई कमजोर बनाउँछ साथै मुटुको धड्कन र रक्तचाप बढाउँछ । बढी अल्कोहलको सेवनले शरीरको लागि घातकसावित हुन्छ भने तर लिमिटमा रहेर पिउनाले फाइदा पनि गर्छ ।

५. चिसो पानीले नुहाउने तथा मुख धुने : एक अध्ययनका अनुसार चिसो पानीले नुहाउने र मुख धुने गर्दा मात्रै पनि ५५ प्रतिशत सहभागिले शरीरमा शक्तिको प्रवाह बढेको र सक्रिय भएको महसुस गरेका थिए । त्यसैले नियमित मुख धुने तथा नुहाउने गर्नुहोस

६. सहज क्रियाकलाप : दैनिक रुपमा २० / २५ मिनेट सम्म सामान्य खालको कम शक्ति प्रयोग हुने क्रियाकलापमा भाग लिनाले पनि शरीरलाई चुस्त, सक्रिय बनाउँन मद्दत गर्छ । अर्थात हल्का खालको व्यायम गर्नुहोस् ।

७. प्रसस्त पानी तथा फलफुल खानुहोस् : पानी शरीरलाई नभई नहुने तत्व हो । पानी मात्रको नियमति सेवनले पनि शरीरको सम्पूर्ण प्रक्रिया गतिबिधिलाई स्थीर राख्न मद्दत गर्छ । पानी तथा तरल पदार्थ पाइने फलफूलको सेवन गर्न नछुटाउनुहोस् ।

८. समयमै सुत्नुहोस् : निन्द्रा शरीरलाई सक्रिय राख्न चाहिने अर्को अभिन्न हिस्सा हो । नियमित रुपमा समयमै सुत्नाले शरीरका हरेक भागहरुले आराम पाउँछन्् र मस्तिष्कलाई पनि केही समयको बिश्राम मिल्छ । निन्द्रा बाट जलागिसकेपछि तपाइँ दिनभर हल्का महसुस गर्नुहुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *