स्वास्थ्यमा सरुवा : आयुर्वेद विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्याय

काठमाडौँ, १० कात्तिक – आयुर्वेद विभागको महानिर्देशकको जिम्मेबारी डा बासुदेव उपाध्यायले पाएका छन् । मंगलबारको मन्त्रीस्तरीय निर्णय मार्फत ११ औँ तहका डा उपाध्यायलाई सो जिम्मेबारी दिइएको हो । डा उपाध्यायले बिहीबारबाटै विभागको कार्यभार सम्हाल्ने बताएका छन् ।
यसअघि पूर्वमन्त्री रामजनम चौधरीले दशौँ तहका डा टेकराज पन्थीलाई निमित्त महानिर्देशकको जिम्मेबारी दिइएका थिए । स्वास्थ्य मन्त्रालयले पन्थीको दरवन्दी विभागमै भएकोले जिम्मेबारी मात्रै हेरफेर गरिएको जनाएको छ ।
मन्त्रालयका उपसचिव बाबुराम खनालले भने डा पन्थीको दरवन्दी विभागमै भएकोले संस्था परिवर्तन नभएको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



