बालमस्तिष्क पक्षघात भएका बालबालिकाको उपचार

20
Shares

इलाम, ८ कात्तिक –  बाल मस्तिष्क पक्षघात भएका बालबालिकालाई उपचार गर्ने उद्देश्यले इलामका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

करुणा फाउन्डेसन नेपाल इलाम र सिपी सेन्टर धापासी ललितपुरको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र इलाम अस्पतालमा सञ्चालित शिविरमा ३१ जना बालबालिकाको उपचार गरिएको छ ।

शिविरमा बालरोग विशेषज्ञ डा. रीतेश थापा, फिजियोथेरापिस्ट मनोजकुमार शाह, करुणा फाउन्डेसनका सन्त विश्वकर्माले बालबालिकालाई उपचार तथा परीक्षण गरेका थिए ।

बाल मस्तिस्क पक्षघात भएका बालबालिकालाई उपचारका लागि काठमाडौँसम्म लैजान ल्याउन समस्या हुने भएकाले स्थानीय तहमै शिविर सञ्चालन गरिएको फाउन्डेसनका विश्वकर्माले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *