बीर अस्पतालको निर्देशकमा प्राडा भुपेन्द्रकुमार बस्नेत
काठमाडौँ, ३० असोज – बीर अस्पतालको निर्देशकमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । आइतबार बसेको स्वास्थ्य मन्त्रीस्तरीय बैठकले बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका निर्देशक प्राडा स्वयंप्रकाश पण्डीतको दुई बर्षे कार्यकाल सकिएपछि गत २६ भदौ देखि बस्नेतले निमित्त निर्देशकको जिम्मेबारी लिएका थिए ।
इन्टरनल मेडिसिनमा एमडी र ग्यास्ट्रो इन्टेरोलोजीमा डीएम गरेका प्राडा बस्नेत न्याम्सको मेडिसिन विभाग प्राध्यापन गर्छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




