जन्मदर्ता गरे रु एक हजार

0
Shares

दाङ, १८ असोज – यहाँको नगरपालिकाले दलित समुदायका शिशुको जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए प्रोत्साहनस्वरुप रु एक हजार दिने भएको छ ।

दलित बालबालिकाको जन्मदर्ता समयमै नहुने समस्या रहेकाले स्थानीय विकास मन्त्रालयकै योजनाअनुसार तुलसीपुर नगरपालिकाले रकम दिने भएको हो ।

मन्त्रालयले नगरपालिकालाई परिपत्र गरिसकेको र अब जन्मदर्ता तोकिएको समयमा गराउने दलित समुदायका बालबालिकालाई प्रोत्साहन भत्ता दिइने तुलसीपुर नगरपालिकाका पञ्जिकाधिकारी ध्रुवराज रेग्मीले बताए ।

व्यक्तिगत घटना दर्ता विवरणअन्तर्गत जन्मदर्ता महत्वपूर्ण हुन्छ । प्रायः बालबालिकाको जम्मदर्ता उमेर पुग्दासम्म पनि नहुने समस्या यहाँ व्याप्त रहेकाले यो नयाँ व्यवस्था गरिएको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *