तीन औषधि पसल बन्द
धनगढी, ३१ भदौ – औषधि व्यवस्था विभागको नेपालगन्जस्थित कार्यालयको अनुगमन टोलीले आज यहाँका दुई डेन्टल क्लिनिक र एक औषधि पसलमा ताला लगाएको छ ।
अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएपछि स्थानीय बजारका मानसरोवर डेन्टल क्लिनिक र धनगढी डेन्टल क्लिनिक तथा कामना मेडिसियन औषधि पसलमा ताला लगाइएको अनुगमन टोलीमा सहभागी विभाग नेपालगन्जका पुष्पराज राना क्षेत्रीले बताउए । टोलीले स्थानीय बजारका सात औषधि पसलमा अनुगमन गरेको थियो । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




