तीन औषधि पसल बन्द
धनगढी, ३१ भदौ – औषधि व्यवस्था विभागको नेपालगन्जस्थित कार्यालयको अनुगमन टोलीले आज यहाँका दुई डेन्टल क्लिनिक र एक औषधि पसलमा ताला लगाएको छ ।
अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएपछि स्थानीय बजारका मानसरोवर डेन्टल क्लिनिक र धनगढी डेन्टल क्लिनिक तथा कामना मेडिसियन औषधि पसलमा ताला लगाइएको अनुगमन टोलीमा सहभागी विभाग नेपालगन्जका पुष्पराज राना क्षेत्रीले बताउए । टोलीले स्थानीय बजारका सात औषधि पसलमा अनुगमन गरेको थियो । रासस