आरक्षणको विरोधमा विद्यार्थीहरुको अधरातमा प्रदर्शन , प्रहरीद्धारा लाठि चार्ज

0
Shares

teaching-andolan

काठमाडौँ, २७ भदौ – मेडिकल शिक्षामा आरक्षण लागू गर्ने त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले लाठि चार्ज गरेको छ ।

आइओएमका निमित्त डिन प्राडा विमल सिन्हा सहितको टोलीले यसै शैक्षिक सत्र देखि आरक्षण लागू गर्ने गरि मधेशी, आदिवासी जनजाती लगायतका विद्यार्थीसंगठनसंग सम्झौता गरेका थिए ।

त्यसैको विरोधमा नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीको अगुवाईमा मंगलबार अपरान्हदेखि आइओएम परिषरमा विद्यार्थीहरुले नाराबाजी सहित धर्नाका कार्यक्रम सुरु गरेका थिए ।

धर्नामा बसेका विद्यार्थीहरुलाई प्रहरीले लाठि चार्ज गरेको हो । सो क्रममा १० जना बढी विद्यार्थी घाइते भएको बुझिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *