होस गर्नुस है ! ‘तपाईँमा देखिएको रोगको माध्यम तपाईँले नै पालेका जनावर पनि हुन सक्छन्’

junotic

काठमाडौँ, २३ भदौ – तपाँईले घरमा जनावर जनावर पाल्नु भएको छ ? छ भने पालेका जनावरको स्वास्थ्यमा कत्तिको ध्यान दिनुभएको छ ? होस गर्नुस् है पालेका जनाबरको स्वास्थ्यमा ख्याल गरिएन भने जनावरको स्वास्थ्य त बिग्रन्छ नै आफू र परिबारका सदस्यलाई समेत यसले गम्भीर असर पार्न सक्छ ।

जनावर अर्थात पशुबाट मानिसमा सर्नेरोग(जुनोटिक) को बारेमा अध्ययन गरेका चिकित्सकहरुका अनुसार मानिसहरुलाई धेरै रोग आफैले पालेका जनावरबाट सरिरहेको हुन्छ , तर यसको असर कतिपय अवस्थामा छिट्टो नदेखिन पनि सक्छ ।

जुनोटिक रोग विशेषज्ञ डा।जितेन्द्रमान श्रेष्ठका अनुसार नेपालमा पशुबाट मानिसमा सर्ने मुख्यत ६ प्रकारका रोगहरु छन् । ती रोगहरूमा इन्फोलेन्जा, लेप्टोस्पाइरोसिस, ब्रुसेलोसिस्, सिस्टिसर्कोसिस, हाइडेटिडोसिस र टोक्सोपाल्मासिस रहेका छन् । यस्ता रोगहरू पशुबाट मानिसमा सरे दीर्घकालीन असर पर्ने गर्छ ।

‘यी रोगबाट संक्रमित घरपालुवा जनावरसँगको संसर्गबाट मानिसमा सर्ने उच्च सम्भावना छ,’ डा श्रेष्ठ भन्छन्, ‘यी रोगहरूको उच्च सम्भावना भए पनि पशुबाट मानिसमा सर्ने रोगहरूको प्रारम्भिक लक्षणहरू पत्ता लगाउन मुस्किल पर्छ ।’

विशेषगरी गाई, भैंसी, सुँगुर, बंगुर, भेडा र बाख्राका मलमूत्रबाट मानिसमा यो रोग सर्ने गरेको । यस्तै, हाँस, कुखुरा परेवा आदिबाट पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ । उपचारमा हेलचेक्र्याइँ गरे दीर्घरोगीसमेत हुन सक्ने डा. श्रेष्ठको भनाइ छ ।

सुरुमा सामान्य भाइरलसँग मिल्ने लक्षणहरू देखिए तापनि परीक्षण नगरी जुनोटिक रोग होइन भनी पत्ता लगाउन नसकिने उनको तर्क छ । पशु स्वास्थ्य चिकित्सक डा. विजयकान्त झाले जुनोटिक रोगका जीवाणुहरू पशुको रगतमा मिसिने र मलमुत्रको माध्यमबाट मानिसमा सर्ने बताउछन् ।

‘ब्रुसेल्लोसिस ब्रुसेल्ला नामक ब्याक्टेरिया घरमा पालिएका भेडा, बाख्रा, गाई, भैंसी, कुकुर, सुँगुर बंगुरमा संक्रमण भए तिनीहरूबाट प्राप्त हुने राम्ररी प्रशोधित नगरिएको दूध, चिज, मासु, क्रिम मानिसले प्रयोग गरेमा यो रोग सर्ने गर्छ । यसका साथै यो रोगबाट मृत्यु भएका जनावर जथाभावी फाल्दा यो रोगको संक्रमण वढी हुन्छ ।’

सस्टिसर्कोसिस रोग कुकुर र बंगुरहरूमा देखिने फित्ते जुकाबाट मानिसमा सर्ने रोग हो ।यो रोग लागेका कुकुर र बंगुरले जथाभावी, दिसापिसाब गर्दा त्यसमा भएका अन्डा, सागपात र घाँसमा छोडिन गई राम्ररी सफा नगरी खाँदा मानिसमा सर्ने डा. झा बताउँछन् ।

उनका अनुसार यो रोग मानिसमा सरे सीधै दिमागमा असर परी मानिसको मानसिक अवस्था असामान्य हुने हुन्छ । गाईवस्तुको बासस्थानलाई सफा नराख्दा हाइडेटिडोसिस रोगको संक्रमण बढी देखिएको डा. झा बताउँछन् ।

यो रोग लागेका जनावरको मलमूत्रबाट मानिसमा सर्न गई हातखुट्टामा फोका आउने, पाक्नेजस्ता असरहरू गर्ने चिकित्सकहरू बताउँछन् । पशुबाट मानिसमा सर्ने अर्को रोग टक्सोप्लाज्मोसिस हो ।

प्रायःगरी मुसा जातिका जनावरमा कक्सिडिया प्रोटोजोआले प्रवेश गरेपछि यो रोगको संक्रमण हुन्छ । मुसाको दिसा र पिसाबको माध्यमबाट मानिसमा यो रोग सर्ने डा. श्रेष्ठ बताउँछन् । उनका अनुसार यो रोग लागेपछि एचआईभी/एड्स र क्यान्सरको उपचार लिइरहेकाहरू तथा अंग प्रत्यारोपण गरेकाहरूलाई जटिल लक्षणहरू देखिन्छन् । यसका साथै यो रोगले मस्तिष्क र आँखाको संक्रमण गराउने, गर्भपतन गराउने जस्ता समस्या पर्ने डा.श्रेष्ठ बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *