चिकित्सक संघको दोस्रो चरणको निर्वाचन भृकुटी मण्डपमा सुरु (फोटो फिचर सहित)

काठमाडौँ, २१ भदौ – नेपाल चिकित्सक संघको दोस्रो चरणमा सुरु भएको उपत्यकाको मतदान भृकुटी मण्डप स्थित संघको कार्यालयमा सुरु भएको छ ।
प्रमुख निर्वाचन अधिकृत धनबहादुर रानाका अनुसार आजको चुनाव बेलुका चार बजेसम्म चल्नेछ । मतदान केन्द्र वरिपरि यतिबेला पेशागत समूह र प्रगतिशील समूहका उमेद्वार तथा समर्थकहरुको चहलपहल देखिएको छ ।
पेशागत समावेशी समूहबाट डा. रमेश ढकाल र प्रजातान्त्रिक समूहबाट डा. मुक्तिराम श्रेष्ठ अध्यक्षमा उठेका छन् । यो चुनाव आगामि २५ गते सम्म चल्नेछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 










