२६ जना स्टाफ नर्सका लागि जागिरको अवसर
काठमाडौँ, २३ साउन – त्रिवि चिकित्साशास्त्र अध्यययन संस्थान अन्तरगतको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले २६ जना स्टाफ नर्सका लागि आवेदन मागेको छ ।
करार सेवामा भर्ना गर्ने भन्दै सेन्टरले पीसीएल नर्सिङ विषय उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्ने जनाएको छ । तर करार भएपनि परीक्षाको किसिम भने लिखित र अन्तर्वार्ता हुने बताइएको छ ।
आगामी ५ भदौसम्म फारम भर्ने म्याद तोकेको सेन्टरले लिखित परीक्षा ९ भदौमा तोकेको छ ।
थप जानकारीको लागि हेर्नुहोस सूचना
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]