अख्तियार घेराउ गर्न पुगेका केसी समर्थक र प्रहरीबीच झडप, नौ जना पक्राउ

0
Shares

ciaa

काठमाडौँ, ९ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न पुगेका डा केसी समर्थक र प्रहरीबीच सामान्य झडप भएको छ । सो क्रममा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा डा .सागर पोखरेल, डा. बद्री अर्याल, विशद दाहाल, मिर्जा सिद्धिकी, बिक्रम ओली, पदम जोशी, पुकार बम लगायतका छन् । अन्य केही विद्यार्थी समेत पक्राउ परेको सोलिडारिटी फर गोविन्द केसी अलायन्सले जनाएको छ ।

डा. केसीका समर्थकहरु भाटभटेनी मन्दिरबाट अघि बढ्ने क्रममा प्रहरीसंग झडप भएको थियो । डा. बद्री अर्यालका अनुसार प्रहरीले धर्नामा बसेका प्रदर्शनकारीमाथि लाठि र बुट प्रहार गरेको थियो ।

आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागका साथ झण्डै डेढसय जना समर्थक विहान ११ बजे त्रिवि शिक्षण अस्पतालबाट टंगाल तर्फ गएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *