मानवअंग प्रत्यारोपण केन्द्रले खोज्यो करारमा चिकित्सक, दरखास्त दिन १५ दिनको म्याद

काठमाडौँ, ७ साउन – मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा ६ जना विशेषज्ञ चिकित्सकलाई करार सेवामा लिने सूचना प्रकाशित गरेको छ ।

१५ दिन भित्र दरखास्त दिन भन्दै विहीबार सार्वजनिक सूचना अनुसार डीएम एमडी कार्डियोलोजी, एमडी प्याथोलोजी उत्तीर्ण गरि कम्तीमा पाँच बर्ष कार्यानुभव भएको एक एक जना र भर्खरै उत्तीर्ण गरेको एक एक जना खोजिएको छ ।

त्यस्तै डीएम नेफ्रोलोजी वा सो सरह उत्तीर्ण गरेको , एमडी एनेस्थोलोजी एण्ड क्रिटिकल कियर उत्तीर्ण गरेको एक एक जना पनि खोजेको छ । सो अस्पतालले एक जना बीई अर्थात बायोमेडिकल इन्जिनियर समेत खोजेको छ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना :

human organ trancplant centre1 jpg copy


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर