स्वास्थ्य मन्त्रालयको सचिवमा डा. सेनेन्द्रराज उप्रेती

senendra (1)

काठमाडौँ, २ साउन – स्वास्थ्य मन्त्रालयको रिक्त सचिव पदमा डा. सेनेन्द्रराज उप्रेती बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले बाह्रौ तहका डा. उप्रेतीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव उप्रेतीले आजै नियुक्तीपत्र बुझेका छन् ।

लोकसेवा आयोगको बढुवा समितिले १२ औं तहका डा. उप्रेती, डा. पदम बहादुर चन्द र डा. किरण रेग्मीको नाम सिफारिस गरेको थियो ।यसअघि लोक सेवा आयोगको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सचिव पदका तीन प्रतिस्पर्धी मध्ये डा. उप्रेतीको नाम एक नम्बरमा सिफारिस गरेको थियो । अन्य उम्मेदवारहरुमा डा. पदमबहादुर चन्द र डा. किरण रेग्मी थिए ।

स्वास्थ्यका तत्कालिन सचिव शान्तबहादुर श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि निमित्त सचिवको रुपमा डा. चन्दले कार्यभार सम्हालेका थिए । नियुक्तिपत्र बुझेपछि नेपाली हेल्थसंग प्रतिक्रिया दिदै डा. उप्रेतीले कार्यक्षमता र बरिष्ठताको आधारमा आफूलाई सचिव पदमा नियुक्ति गरेकोमा मन्त्रीपरिषद्लाई धन्यवाद दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *