मानवअंग प्रत्यारोपण केन्द्रले गर्‍यो एक बर्षमा १०१ जनाको मिर्गौला प्रत्यारोपण

human organ trancplant centre

काठमाडौँ, २ साउन- राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले आर्थिक बर्ष २०७२ / ०७३ मा १०१ जनाको मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ । केन्द्रले सो अवधीमा १ सय जनाएको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिएको थियो ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफूहरुले देशको राजनीतिक तथा अन्य परिस्थिति प्रतिकुल हुँदासमेत लक्ष्य भन्दा बढी काम भएको दावी गरे । उनका अनुसार प्रत्यारोपण गर्ने ३० प्रतिशत अति गम्भीर अवस्थाका रहेको बताए । ‘नसा सम्वन्धी, मुटुसम्वन्धी, अक्सिजन कम भएका लगायतका व्यक्तिहरु जो प्रत्यारोपणका लागि गम्भीर अवस्था मानिथ्यो हामी गरयौँ र सफल भयौँ ‘  उनले भने ।

बर्षमा १ सय जनाको प्रत्यारोपण हुनु सामान्य नभएको भन्दै डा श्रेष्ठले भने, ‘हामीकहाँ स्थान तथा जनशक्तिको अभाव भएका कारण केही कम भयो । नत्र यो संख्या अझ बढ्ने थियो ।’

अन्यत्र भन्दा सस्तो र गुणस्तरीय सेवा प्रदान गर्न थालेपछि केन्द्रमा मिर्गौलाका विरामीहरुको भिड लाग्ने गरेको छ । पछिल्लो पटक केन्द्रमा भारतबाट समेत प्रत्यारोपणका लागि विरामी आउने गरेको अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *