‘डा. केसी अस्पतालमा अनसन बस्नु जायज’

dr. anjani ku jha

काठमाडौँ, २ साउन – नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले चिकित्सकले अस्पतालमा अनसन बस्नु स्वभाविक भएको बताएका छन् । डा. गोविन्द केसी अस्पतालमा अनसन बस्नु अत्यावश्यक सेवा ऐनको उल्लगन भएको भन्ने चर्चा चलिरहेका बेला अध्यक्ष झाले सो कुरा बताएका हुन् ।

‘अदालतका कर्मचारीहरु आन्दोलित हुँदा अदालतमै हुन्छ, शिक्षकहरुले स्कुल कलेजमै आन्दोलन गर्छ, पाइलटहरुले विमान सेवानै ठप्प पार्छन त्यस्तै चिकित्सकको आन्दोलन पनि अस्पतालमै हुन्छ । त्यसैले डा केसीको आन्दोलन अस्पतालमा हुनु स्वभाविक हो,’ अध्यक्ष झाको तर्क थियो ।

उनले चिकित्सा शिक्षा सुधारका लागि नेपाल सरकारले डा केसीसहित आफूहरुसंग समेत सम्झौता गरेको भन्दै विगतका सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले अख्तियार प्रमुखलाई महाअभियोग लगाउनेसम्वन्धमा डा. केसीले उठाएको मागका बारेमा संघले कुनै टिप्पणी नगर्ने बताए ।

‘हामी चिकित्सा शिक्षा सुधारका मागका विषयमा मात्रै समर्थन गर्छौँ, अन्य राजनीतिक मुद्धामा हाम्रो कुनै टिप्पणी छैन्’ डा. झाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *