यी हुन् गर्भावस्थामा अण्डा खानुका ६ फाइदा

Eggs

गर्भावस्थाको बेलामा महिलालाई बिभन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । अन्य अवस्थामा भन्दा गर्भावस्थामा बढीमात्रामा पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले गर्भावस्थामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

१. अण्डामा प्रशस्त मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ हुनुका साथै शरीरलाई आवश्यक पर्ने सेलेनियम, जिंक, भिटामिन ए , डि लगायतका पौष्टिक तत्व हुन्छ जसले गर्भवती महिलालाई फाइदाजनक हुन्छ ।

२.  गर्भमा रहेको बच्चाको हरेक कोशिकाहरु प्रोटिनले बनेको हुन्छ जसले गर्दा गर्भावस्थमा अण्डाको सेवन गर्नाले भ्रुणको बिकास राम्रोसंग हुन्छ ।

३.  अण्डामा सबै प्रकारका १२ भिटामिनका साथै लवण पाइन्छ जसले बच्चमा मानसिक समस्या हुने जोखिम कम गर्छ र बच्चाको मस्तिष्कको बिकास हुनमा मद्दत गर्छ ।

४.  एउटा अण्डामा ७० क्यालोरी बराबरको इनर्जी हुन्छ । जसले गर्भवती महिलालाई आवश्यक पर्ने क्यालोरी आपूर्ति गर्छ ।

५.  अण्डामा पाइने कोलिन तथा ओमेगाथ्री फ्याटी एसिडले बच्चाको समग्र बिकासमा मद्दत गर्छ ।

६.  यदि गर्भवती महिलालाई झाडापखाला, बान्ता भयो भने त्यस अवस्थामा भने नखानु राम्रो हुन्छ । तर अन्य अवस्थामा भने खाँदा फाइदाजनक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *